कोरोना सङ्क्रमणदर बढेपछि एमालेको प्रदेश अधिवेशन सर्यो

हेटौडा न्युज
२७ पुष २०७८, मंगलवार १४:१२
;

मकवानपुुर । कोरोना भाईरस सङ्क्रमणको जोखिम बढेसँगै नेकपा एमालेको प्रदेश अधिवेशन सरेको छ ।

यसअघि माघ ८ मा तोकिएको अधिवेशन माघ २८ र २९ मा सारिएको केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए । यससम्बन्धी निर्देशन समेत प्रदेशमा गइसकेको अधिकारीको भनाइ छ । त्यस्तै अधिवेशन हुन बाँकी जिल्ला अधिवेशनहरु माघ २२ गतेसम्म सम्पन्न गर्न निर्देशन समेत दिइको उनले बताए ।

एकसातायता देशभरी नै कोरोना संक्रमण दर बढेको छ । सरकारले समेत २५जना भन्दा बढी भेला नहुन आग्रह गरेको छ । शैक्षिक संस्था बन्द भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*