राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा

हेटौडा न्युज
११ माघ २०७८, मंगलवार १०:३४
;

मकवानपुर । बुधबार हुने राष्ट्रिय सभा निर्वाचनका लागि तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने छ । सात प्रदेशका आठ स्थानमा मतदानको व्यवस्था गरिएको छ । प्रदेश १ को विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय र बाली संरक्षण प्रयोगशालामा, मधेश प्रदेशको जनकपुरधाम, बागमती प्रदेशको हटौंडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको दाङ घोराही, कर्णाली प्रदेशको वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको धनगढीमा मतदान स्थल तोकिएको छ । यी ८ स्थलमा १४ केन्द्र बनाएर मतदान गरिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम पौडेलले निर्वाचनका लागि आवश्यक सबै तयारी लगभग सकिएको बताए । मतदान केन्द्रहरुमा आज बुथ निर्माणको काम जारी रहेको र केही समयमा त्यो काम पनि सकिने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*