नेपाल फर्किएपछि पुनले ‘प्रचण्ड’लाई भेटे

हेटौडा न्युज
११ माघ २०७८, मंगलवार १०:४५
;

मकवानपुर । उपचारपछि नेपाल फर्किएका माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् ।

श्रीमती ओनसरी घर्तीसहित प्रचण्ड निवास खुमलटार पुगेका पुनलाई प्रचण्ड र उनको परिवारले समेत स्वागत गर्दै पूर्ण स्वास्थ्यलाभको कामना गरेको थियो । पुन सोमबार चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएर स्वेदश फर्किएका थिए ।

बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि १० मंसिरमा उनलाई चीन लगिएको थियो। चीनमा लगिएपछि स्वास्थ्यमा सुधार आएको थियो । स्वास्थ्यमा सुधार आएसँगै पुनले चिनियाँ सरकारका उच्च अधिकारीहरुसँग पनि भेट गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*