गठबन्धनको सरकार “काले काले मिलेर खाउँ भाले” जस्तै भयो: नेता बस्नेत

हेटौडा न्युज
१३ माघ २०७८, बिहीबार १८:०५
;

मकवानपुर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा नेता महेश बस्नेतले पाँच दलीय गठबन्धनको सरकार पद बाड्ने बाहेक केही गर्न सक्षम नरहेको बताएका छन् ।

प्रेस चौतारी मकवानपुरको आयोजनामा बिहीबार हेटौंडामा भएको पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले पाँच दलिय गठबन्धनको रुपमा रहेको वर्तमान सरकारको काम पद बाड्ने मात्रै भएको बताए । अहिलेको सरकार “काले काले मिलेर खाउँ भाले” भन्ने उखान जस्तो भएको उनले तर्क गरे ।

उनले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार महत्वपूर्ण निर्णय गर्न नसक्ने अवस्थामा पुगेको आरोप लगाएका छन् । उनले नेकपा एमाले वर्तमान सत्तारुढ पाँच दलिय गठबन्धनसँग एक्लै चुनाव लड्न तयार रहेको बताए । उनले संविधान अनुसार स्थानीय तहको मिति तत्काल घोषणा गर्न समेत माग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*