प्रथम प्रदेश स्तरीय खेलकुद प्रतियोगिता हुने

हेटौडा न्युज
२० फाल्गुन २०७८, शुक्रबार १६:५५
;

मकवानपुर । बागमती प्रदेश  खेलकुद विकास परिषद्को आयोजनामा प्रथम प्रदेश खेलकुद प्रतियोगिता–२०७८ हुने भएको छ ।

प्रतियोगिता आउँदो फागुन २८ गतेबाट सुरु हुने छ । प्रतियोगितामा फुटबल, तेक्वान्दो, ब्याडमिण्टन, क्रिकेट, कँराते, एथ्लेटिक्स, भलिबल, बक्सिङको प्रतियोगिता हुने छ । प्रतियोगितामा प्रदेशका जिल्ला स्तरीय छनौटमा परेका १ हजार २ सय ४९ जना पुरुष र ९ सय ३९ जना महिला गरी २ हजार १ सय ८८ जना खेलाडी प्रतियोगितामा सहभागि हुने परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले बताएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयको ८ करोड लागत खर्चमा हुने सो प्रतियोगिताहरु मकवानपुरको हेटौंडा, चितवन, सिन्धुपाल्चोक र काठमाडौंमा हुनेछन् । प्रतियोगिताको समापन काभ्रेपलाञ्चोकको धुलिखेलमा चैत १२ गते हुने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*