एक वर्षमै बन्यो रंगशाला

हेटौडा न्युज
२८ फाल्गुन २०७८, शनिबार १०:१२
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ क्याम्पाडाडाँ स्थित नवनिर्मित पिप्ले क्याम्पा रंगशालाको उद्घाटन गरिएको छ ।

निर्माण सुरु गरेको १ वर्ष १६ दिनमै निर्माण सम्पन्न भइ शुक्रबार एक समारोहका बीच उक्त रंगशालाको उद्घाटन गरिएको हो। रंगशालाको हेटौंडाका नगर प्रमुख हरिबहादुर महतले उद्घाटन गरेका हुन् । रंगशाला निर्माण अभियान पिप्ले युवा क्लब तथा क्लबका अध्यक्ष सुशिल घिमिरेको अगुवाई तथा स्थानीय सरोकारवाला निकायको समन्वयमा उक्त रंगशाला बनेको हो ।

करिब ५ हजार दर्शक अट्ने सक्ने प्याराफिट सहितको उक्त रंगशाला करिब १ करोड ७० लाख रुपैयाँको लागतमा निर्माण गरिएको क्लबका अध्यक्ष सुशील घिमिरेले बताएका छन्। रंगशालामा फुटबलसहित एथ्लेटिक्सका लागि ट्रयाक समेत निर्माण गरिएको र अब रंगशाला परिसरमै कभर्ड हल निर्माण गरेर करिब २० हजार दर्शक अट्ने प्याराफिट निर्माण गर्ने तयारी रहेको उनले बताए ।

हेटौंडा उपमहानगरपालिका र ५ नम्बर वडाको गरी १ करोड ३९ लाख लगानी र विभिन्न सहयोगी संस्था एवम् व्यक्तिहरुबाट करिब ३० लाख सहयोग प्राप्त भएको पिप्ले युवा क्लबले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*