हेटौंडामा एमालेका उम्मेदवारहरु घरदैलोमा

हेटौडा न्युज
२५ बैशाख २०७९, आईतवार १२:०९
;

मकवानपुर । स्थानीय तह निर्वाचान नजिकिएसंगै नेकपा एमालेका उम्मेदवारहरुले हेटौंडामा घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।

आफ्नो पक्षमा भोट माग्दै एमालेका उम्मेदवारहरुले घरदैलो कार्यक्रम गरेका छन् । आज हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१, २, र १० मा घरदैलो कार्यक्रम गरिएको हो । एमालेका तर्फबाट मेयर पदका उम्मेदवार अनन्त पौडेल, उपमेयर पदका उम्मेदवार सुमित्रा काफ्ले, वडा अध्यक्ष र वडा सदस्यहरुका उम्मेदवार सहित आज घरदैलो कार्यक्रम गरिएको हो । हेटौंडाको चौकीटोल सिरान झोलुङ्गे पुलबाट सुरु भएको घरदैलो कार्यक्रम हेटौंडा–२ का बिभीन्न स्थान र हेटौंडा–१० का टोलटोलमा पुगेको थियो । उम्मेदवारहरुले आफ्ना प्रतिबद्धता पनि स्थानीय बासिन्दाहरु समक्ष राखेका छन् ।

एमालेले यस अघि हेटौंडा उपमहानगरपालिकाको नेतृत्व गर्दा धेरै राम्रा काम गरेको र अब पनि बिकास निर्माणसंगै नागरिकको घरघरमा पुगेर जिवीकोपार्जनसंग जोड्ने मेयर पदका उम्मेदवार पौडेलले बताए । यस्तै उपमेयर पदका उम्मेदवार काफ्लेले नागरिकले एमालेको पक्षमा मत हालेमा आफुहरुले पाँच वर्ष सम्म सेवा गर्ने बताइन् । कार्यक्रममा हेटौंडा–१ का वडा अध्यक्षका उम्मेदवार उत्तम पौडेल, सदस्यहरु र हेटौंडा २ का वडा अध्यक्षका उम्मेदवार हरि राउत, सदस्यहरु लगायतका नेता कार्यकर्ताहरुले चुनाबको घरदैलो अभियानमा सहभागिता जनाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*