भरतपुर महानगरपालिकामा रेनु दाहालको अग्रता

मकवानपुर । स्थानीय तह निर्वाचनको मतगणना जारी रहदा भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।
५४ हजार २६४ मतगणना हुदा उनले ३ हजार २ सय ४४ मतान्तर कायम गरेकी छन् । गठबन्धनबाट उम्मेदवार बनेकी दाहालले २० हजार ४ सय ४० मत पाउँदा एमाले उम्मेदवार विजय सुवेदीले १७ हजार १ सय ९६ मत पाएका छन् ।
काङ्ग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार ७ सय ७९ मत पाएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २२ हजार ९ सय ८ मत पाउँदा राप्रपाका हिमला गुरुङको मत १३ हजार ६ सय ६० छ । अहिले वडा नम्बर ११ र १२ को मतगणना भइरहेको छ ।