आगामी मंसिरभित्र प्रदेश र संघको निर्वाचन हुनुपर्छ: पौडेल

मकवानपुर । आगामी मंसिरभित्र प्रदेश र संघको निर्वाचन हुनुपर्ने नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताएका छन् ।
शनिबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिंदै उनले आगामी मंसिरभित्र प्रदेश र संघको निर्वाचन हुनुपर्ने बताएका हुन् । वर्तमान सरकारलाई चुनावी सरकारको संज्ञा दिंदै उनले मंसिरभित्र निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको बताए ।