वर्षाका कारण गोल्डकप प्रभावित

हेटौडा न्युज
२१ जेष्ठ २०७९, शनिबार १७:०५
;

मकवानपुर । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशाला आज दिउँसो भएको भारी वर्षाले जलमग्न भएको छ ।

उक्त रंगशालामा बिहिबारबाट चौथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप जारी रहेको छ । आजको वर्षाले खेल प्रभावित बनेको छ ।

आज सशस्त्र प्रहरीको नेपाल एपिएफ,काठमाण्डौ र फ्रेन्डस क्लब ललितपुर बीचको खेल रहेको छ । शनिबार अपरान्न ४ बजेबाट सुरु हुनुपर्ने खेल वर्षाको कारण हालसम्म पनि सुरु हुन सकेको छैन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*