स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप: आईतबारको खेलमा एपिएफ क्लबको जित

हेटौडा न्युज
२२ जेष्ठ २०७९, आईतवार १७:१०
;

मकवानपुर । हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको चौथौं संस्करण –२०७९ अन्र्तगत आईतबार बिहान भएको खेलमा एपिएफ क्लबले जित हात पारेको छ ।

हेटौंडा–५ को पिप्ले रंगशालामा आईतबार बिहान भएको खेलमा एपिएफले फ्रेन्डस क्लब ललितपुरलाई ३–० गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफको २८ औं मिनेटमा एपीएफका नवीन लामाले पेनाल्टीमार्फत् गोल गर्दै अग्रता दिलाएका थिए । यसैगरि,खेलको दोस्रो हाफको ३१ औं मिटेमा एपीएफका सविन गुरुङले गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।

खेलको अतिरिक्त समयमा एपिएफका रवि थिङले गोल गर्दै एपिएफलाई सहज जित दिलाए । खेलमा एपिएफका प्रदीप लामा म्यान अफ दी म्याच घोषित भए । उनले दशहजार रुपैयाँ नगद प्राप्त गरे । ३० गते सम्म जारी रहने प्रतियोगितामा विजेता टोलिले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*