कृषकहरुलाई मल उपलब्ध गराउन सभामुख सापकोटाले गराए सरकारको ध्यानाकर्षण

मकवानपुर । कृषकहरुलाई मल उपलब्ध गराउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै कृषकहरुलाई यथाशीघ्र मल उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिए ।
प्रतिनिधि सभा बैठकमा सांसदहरुले खेतीको समयमा पनि मलको अभाव भएको भन्दै किसानहरुले सर्वसुलभ रुपमा मल पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।