आजको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

हेटौडा न्युज
२ असार २०७९, बिहीबार १०:१७
;

मकवानपुर ।आज बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् ।

दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने भएका हुन् । सरकारले १५ जेठमा संसदमा बजेट प्रस्तुत गरेको थियो ।

बजेटमाथिको छलफल सकिएपछि मन्त्रीहरुले जवाफ दिइरहेका हुन् । बिहीबार नै अर्थमन्त्री जनार्दन शर्माले पनि संसदमा जवाफ दिने छन् । त्यसबाहेक राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको तर्फबाट बजेटका सन्दर्भमा उठेका विषयमा जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*