तीर्थ श्रेष्ठ एकल कविता साँझ कार्यक्रम शनिवार हेटौंडामा सम्पन्न

हेटौडा न्युज
१९ असार २०७९, आईतवार ०९:३३
;

मकवानपुर । वरिष्ठ कवि तीर्थ श्रेष्ठ एकल कविता साँझ कार्यक्रम शनिवार हेटौंडामा भएको छ ।

नेपाली लेखक संघ मकवानपुरको आयोजनामा भएको कवि श्रेष्ठको एकल कविता साँझमा कवि श्रेष्ठले आफ्ना दर्जनौं कविता, गजल प्रस्तुत गरेका थिए । पोखरामा जन्मिएका वरिष्ठ कवि श्रेष्ठ नेपाली काव्य क्षेत्रका परिचित नाम हो । उनले कविता मात्रै नभई गीत, गजल र मुक्तकक्षेत्रमा पनि कलम चलाएका छन् । मकवानपुरमा साहित्य कार्यक्रमहरुलाई थप चलायमान गर्न कवि तीर्थ श्रेष्ठ एकल कविता साँझ कार्यक्रम गरिएको नेपाली लेखक संघका अध्यक्ष छवि अनित्यले बताए । कवि श्रेष्ठले लेखेको चर्चित कविता आमा नेपथ्यका अमृत गुरुङले गाएका छन् ।

शनिवारको कार्यक्रममा कवि श्रेष्ठले आमा, हिउँमा लेखिएका नामहरु, लाहुरे फूल, म तिम्रो नाम फेर्न चाहान्छु लगायतका दर्जनौं कविताहरु प्रस्तुत गरेका थिए । कवि तीर्थ श्रेष्ठको पछिल्लो चर्चित कविता संग्रह धर्सैधर्साको चक्रव्यूह नेपाली साहित्यको सर्वाधिक प्रसिद्ध पुरस्कार मदन पुरस्कारका लागि गुठीले २०७६ मा मनोनयन गरेको थियो । कार्यक्रममा मकवानपुर अग्रज स्रष्टा तुल्सी थापा लगायत मकवानपुरका साहित्यकारहरुको उपस्थिती रहेको थियो । कवि श्रेष्ठले आफ्नो कविता बाचन गर्नुपूर्व साहित्यकार तथा प्राध्यापक निमेष निखीलले कवि श्रेष्ठको बारेमा चर्चा गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*