छवि अनित्यको “शिक्षकको भाषा” पुस्तक विमोचन

मकवानपुरका साहित्यकार छवि अनित्यको “शिक्षकको भाषा” पुस्तक विमोचन गरिएको छ । शनिबार हेटौंडामा एक कार्यक्रमबीच उक्त पुस्तकको विमोचन गरिएको हो ।
उक्त पुस्तकमा अहिलेको समयमा शिक्षकको प्रस्तुती कस्तो हुनुपर्छ ?, कस्तो शिक्षा अब्बल हुन सक्छ ?, शिक्षण संस्थालाई हामीले कसरी अगाडि लैजान सक्छौँ ? भन्नेबारे प्रष्ट्याउन खोजिएको छ । दुई दशकको शिक्षण पेशाबाट रचनात्मक काममा कलम चलाएका अनित्यको यसअघि दुई वटा कृतिहरु प्रकाशन भइसकेको छ ।
अनित्यको “हल्ला” र “तुइनको बाटो” यस अघिका कृतिहरु हुन् । आकृति क्रियशनले प्रकाशन गरेको पुस्तक अहिले ३ हजार थान प्रकाशन गरिएको जनाइएको छ ।
पुस्तक विमोचन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकी प्रमुख मिना कुमारी लामा, बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव बद्रीबहादुर पाठक, सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल, प्याब्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदी, शिक्षक संघ मकवानपुरका उपाध्यक्ष गणेश हुमागाई, राष्ट्रिय शिक्षक संघ मकवानपुरका अध्यक्ष राजु गौतम, बागमती गाउँपालिका शिक्षा शाखा अधिकृत रमेश बिडारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।