सुनको भाउ तोलामा चार सय रुपैयाँले घट्यो

नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ४ सय रूपैयाँले घटेको छ। सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला ४ सय रुपैयाँ घटेको हो। आइतबार सुन प्रतितोला ३ सय रुपैयाँ बढेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ घटेको हो। आइतबार चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १६ सय ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ।