हेटौंडा १५ मा बृहत शैक्षिक महोत्सव हुने

मकवानपुर । हेटौंडा उपमहानगरपालिका १५ नम्बर वडा कार्यालयले फागनु ७ गतेदेखि बृहत शैक्षिक महोत्सव गर्ने भएको छ । बनदेवी आधारभूत विद्यालयको चौरमा फागुन ९ गतेसम्म महोत्सव सञ्चालन हुने जनाईएको छ । महोत्सवमा शिक्षक, अभिभावकहरुको समेत सहभागिता रहने महोत्सवका संयोजक केशव सञ्जेलले जानकारी दिएका छन् ।
बास्केटबल, हाईजप्म, लङ जम्प, कविता वाचन, वक्तृत्वकला, भलिबल, हाजिरी जवाफ, लगायत महोत्सवमा विभिन्न १८ प्रकारका खेलहरु हुनेछ । निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरु सहभागि हुने सो महोत्सव सम्पन्न गर्नका लागि १५ नम्बर वडा कार्यालयले ४ लाख बजेट विनियोजन गरेको वडा अध्यक्ष सुनिल मोक्तानले जानकारी दिएका छन् । वडाभित्रका शैक्षिक व्यक्तित्व, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट अभिभावकहरुलाई समेत शैक्षिक महोत्सवमा सम्मान गरिने भएको छ । १५ नम्बर वडाभित्र ८ सामुदायिक र २ संस्थागत विद्यालयहरु रहेका छन् । १० विद्यालयमा १ हजार ९ सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।