सुदूरपश्चिम एनपीएलको फाइनलमा

जनकपुरले कर्णालीसँग दोस्रो क्वालिफायर खेल्ने
हेटौडा न्युज
३ पुष २०८१, बुधबार १६:३५
;

मकवानपुर/सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरबाट सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको क्वालिफायरमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश गर्ने पहिलो टोली बनेको हो ।

जनकपुर बोल्ट्सले अब फाइनल प्रवेशका लागि कर्णाली याक्ससँग दोस्रो क्वालिफायर खेल्नेछ । कर्णालीले बुधबार नै भएको इलिमिनेटरमा चितवन राइनोजलाई २१ रनले पराजित गरेको थियो ।

सुदूरपश्चिमले फाइनल यात्रा तय गर्दा विकेटकिपर ब्याट्सम्यान विनोद भन्डारीले अर्धशतकीय पारी खेलेका थिए । ५५ बलको सामना गर्दै भन्डारी ५८ बलमा अविजीत रहे । यसक्रममा उनले ३ चौका र ३ छक्का हिर्काएका थिए । १४० रनको लक्ष्य पछ्याउँदै ओपनर सैफ जायबले ३२ र ब्रान्डन म्याकमुलनले २५ रन जोड्दा कप्तान दिपेन्द्र सिंह ऐरी २० रनमा अविजीत रहे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले पुरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १३९ रन बनायो । पहिलो पावरप्लेमा ३७ रन जोड्दा २ विकेट गुमाएको जनकपुरका लागि जिम्मी नीसमले सर्वाधिक ४५ रनको योगदान दिए । ऐरीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएपछि जनकपुर ठूलो स्कोर बनाउन चुकेको थियो । रोयल्सका लागि जायबले २ तथा स्कट कुगलीन र अविनाश बोहराले १-१ विकेट लिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*