हेटौँडा महोत्सवमा शनिबार एलिनाले ‘कट्टा’ हान्ने

हेटौडा न्युज
१० फाल्गुन २०८१, शनिबार ०७:३७
;

मकवानपुर/हेटौँडामा जारी दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवमा शनिबार पनि ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहने भएको छ । मेला अवलोकनकर्ताहरूको मुख्य आकर्षणको रुपमा रहेको साङ्गीतिक प्रस्तुतिका लागि बहुचर्चित ‘कट्टा हान्दिन्छु…’ लगायतका गीतकि गायिका हृलिना चौहान आउन लागेकि हुन् ।
उनीसँगै लोकप्रिय हेटौँडेली गायक कमल खत्री महोत्सवको मञ्चमा उत्रिँदैछन् । शनिबार नै अर्का गायक विशाल खल्तान, जादुगर राजेन्द्र गुन्द्रुके र होचा कदका कलाकार मनोज गोर्खालीको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
मङ्गलबारदेखि सुरु भएको मेलामा शुक्रबारसम्म दर्शकको उपस्थिति सामान्य रहे पनि शनिबारदेखि गति लिने अनुमान गरिएको छ ।
हेटौँडा १०, टिसिएन चौरमा जारी मेलामा १ लाख ५० हजारले अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ । मेलामा विभिन्न निर्माण सम्बद्ध कम्पनीहरूको उपकरण प्रदर्शनीका साथै औद्योगिक एवम् व्यवसायिक स्टलहरू पनि राखिएका छन् । यस्तै विभिन्न मनोरञ्जनात्मक खेलहरू तथा खानाका स्टलहरू सहित करिब ३५० स्टल रहेको मेला फागुन १८ गतेसम्म चल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*