जामे मस्जिद समितिका पदाधिकारीलाई प्रमाणपत्र

हेटौडा न्युज
२३ फाल्गुन २०८१, शुक्रबार १८:४९
;

मकवानपुर/जामे मस्जिद समिति, हेटौँडाका नवनियुक्त पदाधिकारीहरूलाई शुक्रबार प्रमाणपत्र प्रदान गरिएको छ । हेटौँडा-४, भैरवरोडमा रहेको मस्जिद परिसरमा आयोजित कार्यक्रममा निर्वाचन समितिका तर्फबाट पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

एक साताअघि सम्पन्न मस्जिद समितिको नवौँ अधिवेशनले हाजी तयस मियाँ अन्सारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । समितिका उपाध्यक्षमा मुस्तफा अन्सारी, सचिव शेख जाहेगीर र कोषाध्यक्षमा सैयादिन मियाँ चयन भएका छन् । यस्तै समितिका सदस्यहरूमा हाजी अलि हुसेन, कारि अब्बास मियाँ, रेयाज अन्सारी, अन्जर शाह, रुस्तम अन्सारी, नासिर हुसेन अन्सारी र इमान मियाँ चुनिएका छन् ।

कार्यसमितिका पदाधिकारीहरूलाई हेटौँडा ४ का वडाध्यक्ष नवीन सिग्देलको उपस्थितिमा निर्वाचन मण्डलका अध्यक्ष मोहमद समिम र कानुनी सल्लाहकार आरके मैनालीले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*