मकवानपुरमा स्ववियु निर्वाचनः को कहाँ ?

हेटौडा न्युज
५ चैत्र २०८१, बुधबार ११:३९
;

मकवानपुर/कतै विवाद र कतै झडपका बिच मङ्गलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन भयो । यस क्रममा देशका कतिपय क्याम्पसमा निर्वाचन स्थगित हुँदा मतदान सम्पन्न भएका क्याम्पसहरूको नतिजा आउने क्रम जारी छ ।

मकवानपुरमा दुईवटा क्याम्पसमा निर्विरोध स्ववियु पदाधिकारी चयन हुँदा चारवटामा निर्वाचन भयो । थाहा नगरपालिकामा रहेको पालुङ बहुमुखी क्याम्पसमा भने मङ्गलबार स्ववियु निर्वाचन हुन सकेन । अनेरास्ववियु र नेपाल विद्यार्थी संघ (नेविसंघ) ले निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेपछि मतदान स्थगित गरिएको थियो ।

मकवानपुर बहुमुखी क्याम्पसमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका प्रसिद्ध रेग्मी, हेटौँडा क्याम्पसमा अनेरास्ववियुकै अभि मैनाली, वन विज्ञान क्याम्पसमा कांग्रेसको विद्यार्थी संगठन नेविसंघका श्यामराज भट्ट, बस्तीपुरस्थित निर्मल बहुमुखी क्याम्पसमा अनेरास्ववियुका प्रशान्त भण्डारी निर्वाचित भएका छन् ।

हेटौँडा-६, चौघडास्थित वंशगोपाल बहुमुखी क्याम्पसमा दिवस सिलवार र मनहरी गाउँपालिकास्थित मनहरी बहुमुखी क्याम्पसमा कुमार घिसिङको नेतृत्वमा सर्वसम्मत स्ववियु गठन भएका थिए ।

मकवानपुरमा स्ववियुः कहाँ को ?

मकवानपुर बहुमुखी क्याम्पसः

अध्यक्षः प्रसिद्ध रेग्मी

सचिवः उत्सव ढुंगाना

कोषाध्यक्षः निर्दोष लुइँटेल

सदस्यहरूः

  • मनोज घलान
  • दिवस चौलागाईँ
  • उमेश चौधरी
  • साजिर अन्सारी
  • कृषन थिङ
  • मन्दिप थापा
  • अतित अधिकारी
  • विवश अर्याल

हेटौँडा क्याम्पसः

अध्यक्षः अभि मैनाली

सचिवः गणेश तिमल्सिना

कोषाध्यक्षः सुरज बोलखे

सदस्यहरूः

  • शिशिर ढकाल
  • नितेश भण्डारी
  • नितिश कुमार यादव
  • मुना सिकारी
  • अखिलेश कुमार यादव

वन विज्ञान क्याम्पसः

अध्यक्षः श्यामराज भट्ट

सचिवः सुगम भुषाल

कोषाध्यक्षः पूर्णिमा पन्त

सदस्यहरूः

  • युनिशा धामी
  • रोहन केसी
  • विनय तिमल्सिना
  • किरणकुमार रावल
  • जष्टिना श्रेष्ठ

निर्मल बहुमुखी क्याम्पसः

अध्यक्षः प्रशान्त भण्डारी

सचिवः मुना भण्डारी

कोषाध्यक्षः सविन अर्याल

सदस्यहरूः

  • अम्बिका अर्याल
  • आयुषा ढकाल
  • सुजन तामाङ
  • दुर्गाकुमारी पण्डित

वंशगोपाल बहुमुखी क्याम्पसः

अध्यक्षः दिवस सिलवाल

उपाध्यक्षः सजना घिमिरे

सचिवः सुवास राई

कोषाध्यक्षः आशाराम गोले

सहसचिवः आशिष भोलन

सदस्यहरूः

  • आयुषा बुढाथोकी
  • निश्चल गजुरेल
  • सन्तोष पुडासैनी
  • पूजा लम्साल
  • सुष्मा गौतम
  • सुशील तिमल्सिना

मनहरी बहुमुखी क्याम्पसः

अध्यक्षः कुमार घिसिङ

सचिवः अविक दाहाल

कोषाध्यक्षः पासाङ मुक्तान

सदस्यहरूः

  • विष्णु कामी
  • गुणराज स्याङ्बो
  • शितल लामा
  • उमेश तामाङ
  • शान्तिमाया थिङ
  • उत्सव रिजाल
  • सीता सापकोटा
  • सुजिना पाख्रिन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*