चेन्नई सुपर किङ्ग्सका १० सदस्यमा कोरोना पुष्टि

काठमाडौं । संयुक्त अरब एमिरेट्स (यूएई) मा हुने आईपीएल प्रतियोगिताअघि चेन्नई सुपर किङ्ग्सका १० सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
तीमध्ये एक भारतीय खेलाडी पनि रहेको बताइएको छ । तर उनको नाम भने सार्वजनिक गरिएको छैन ।
ईएसपीएन वेबसाइटका अनुसार उक्त टोलीलाई सहयोग गर्न खटाइएका कर्मचारी र टोलीकै एक सदस्यकी पत्नी पनि सङ्क्रमित भएका छन् ।