बलिउड अभिनेता सुशान्त मृत्यु प्रकरणः रियालाई १४ दिनको जेल सजाय

हेटौडा न्युज
२४ भाद्र २०७७, बुधबार १२:४१
;

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा रिया चक्रवर्ती पक्राउ परेकी छिन् । सुशान्तको मृत्युप्रकरणबारे अनुसन्धानका लागि भन्दै नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले रियालाई औषध दिएको आरोपमा पक्राउ गरिएको हो ।

सुशान्तको मृत्युसँग जोडिएको ड्रग्सको लेन देनको केसमा पक्राउ परेकी उनलाई लाई २२ सेप्टेम्बरसम्म न्यायिक हिरासतमा राखिएको भारतिय मिडियामा जनाइएको छ ।

एनसिबीले रियालाई १४ दिन न्यायिक हिरासतमा लिन माग गरेको थियो । रियाका वकिलले जमानत माग गरे पनि अदालतले वकिलको माग खारेज गरि १४ दिनको जेल सजाय सुनाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*