‘प्रसाद २’मा विपिनले काम गर्ने
काठमाडौं । नेपाली चलचित्र ’प्रसाद‘को सिक्वेल ‘प्रसाद २’ बन्ने भएको छ । ‘प्रसाद २’मा नायक विपिन कार्कीले काम गर्ने पक्का भएको छ ।
लकडाउनका कारण रोकिएको चलचित्रको काम चाडै सुरु हुने अपेक्षा र छिट्टै छायांकनमा जान पाइने आशासहित चलचित्रको स्क्रिप्ट पढिरहेका छन् ।
विपिनले लकडाउन पछि चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि दर्शकलाई हलसम्म आकर्षित गर्न आवश्यक रहेको बताएका छन् । उनले भने ‘यसका लागि मैले कमर्सियल चलचित्रमा काम गर्नुपर्छ । ‘जात्रा, प्रसाद’ जस्ता चलचित्र मेरो रोजाइमा छन् ।’
विपिनले आफूलाई धेरै चलचित्रको अफर आएको र अफर आएकामध्ये केही कथा निकै मन परेको पनि बताए ।











