शुक्रबारदेखि हलहरुमा नेपाली फिल्म
काठमाडौँ । शुक्रबारदेखि देशभरका हलहरु संचालनमा आएका छन् । लकडाउन भएसंगै बन्द रहेका हलहरु शुक्रबार बाट संचालनमा आएका हुन् ।
लकडाउनपछि खुलेको हलमा पहिलो पटक नयाँ नेपाली फिल्म प्रदर्शनमा आएको छ । शुक्रबारबाट दिपेश सापकोटा निर्देशित फिल्म ‘एउटा यस्तो प्रेमकहानी’ प्रदर्शनमा आएको छ ।
लकडाउनपछि पुरानै फिल्म प्रदर्शन गरेर हल सञ्चालन गर्दै आएका हल सञ्चालक फिल्मले दर्शक हलसम्म तान्नेमा आशावादी थिए । दर्शकको उपस्थिति शून्य भएको समयमा निर्माताले नयाँ फिल्म दिने कुरा भएन ।
नयाँ फिल्म नभएकै कारण दर्शकको उपस्थिति कम भएको बताउने हल सञ्चालकलाई नयाँ फिल्मले नयाँ ऊर्जा थपिदिएको थियो ।
२ वर्षदेखि प्रदर्शन अलमलमा परेको यो फिल्मले शुक्रबार उत्साहजनकदर्शक तान्न नसकेको हल सञ्चालक बताउँछन् ।











