भोइस अफ नेपालको सह प्रायोजकमा सिटी एक्सप्रेस

हेटौडा न्युज
२ माघ २०७७, शुक्रबार १४:०७
;

काठमाडौं । रियालिटी टेलिभिजन गायन प्रतियोगिता भोइस अफ नेपाल–सिजन ३ को सह प्रायोजन सिटी एक्सप्रेस मनी ट्रान्सफरले गर्ने भएको छ । काठमाडौं स्थित र्याडिशन होटलमा एक कार्यक्रममा दुवै पक्ष बिच सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर कार्यक्रममा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले भोइस अफ नेपाल जस्तो लोकप्रिय रियालिटी कार्यक्रमसँग आवद्ध हुन पाउँदा खुशी लागेको बताए ।

उनले सिटी एक्सप्रेसले जसरी देश बिदेशमा भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ त्यसरी नै भोइस अफ नेपालले पनि देश बिदेशमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुबाट गायन प्रतिभा देखाउने एउटा राम्रो प्ल्याटफर्म प्रदान गरेकोमा खुशी ब्यक्त गरे ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १४ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*