रोहणी हाउजिङले सामुदायिक भवन हस्तान्तरण गर्यो

हेटौडा न्युज
५ फाल्गुन २०७७, बुधबार १७:३६

मकवानपुर । रोहणी हाउजिङ एण्ड डेभलपर्सले हेटौंडान वडा नम्बर–६, चौघडामा निर्माण गरेको सामुदायिक भवन आज एक कार्यक्रमका बीच हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलाई रोहणी हाउजिङका अध्यक्ष ध्रुवप्रसाद घिमिरेले भवन उद्घाटनपछि साँचो हस्तान्तरण गरेका हुन् । हस्तान्तरित सामुदायिक भवन आजबाट वडा नम्बर ६ कार्यालय मातहत आएको छ ।

हाउजिङ कम्पनीले डिजाईन गरेको प्लटिङ क्षेत्रभित्र पर्ने सो भवन परिसरमा वालवालिकाका लागि खेल मैदान, मन्दिर, खुल्ला जिमखाना, ब्याडमिन्टन कोर्टसहितको सुविधा रहेका छन् ।

प्राकृतिक विपत्ति वा सो प्लटिङमा बसोबास गर्नेहरुलाई आवश्यक खुला क्षेत्रको अबधारणा बमोजिम २० लाख रुपैया लगानीमा निर्मित भवनसहित ३ कठ्ठा १७ धुर जमिन सार्वजनिक स्थानको रुपमा विकास गरिएको हाउजिङ कम्पनीका सदस्य कमल मैनालीले बताएका छन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महतले हाल कित्ताकट बन्द गरिएको र चाँडै नै मालपोत, नापी र कृषि कार्यालयहरुको प्रतिवेदन अनुसार कृषियोग्य जमिन नरहेको स्थानलाई मात्रै कित्ताकाट खुल्ला गर्ने कार्य अघि बढेको बताएका छन् ।

भवन हस्तान्तरण कार्यक्रममा वडा नम्बर–६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाई, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रमका तस्वीरहरुः

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*