थाहामा भलिवल प्रतियोगिता हुने

हेटौडा न्युज
१४ भाद्र २०७९, मंगलवार १२:१९
;

हेटौंडा । मकवानपुर थाहा नगरपालिका ३ स्थित थाहा कला केन्द्रले थाहा नगरमै पहिलो पटक विच भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

केन्द्रले थाहा नगर भलिवल संघ संगको समन्वयमा प्रतियोगिताको आयोजना गर्न लागेको हो । थाहा नगरमै पहिलो पटक हुन लागिरहेकोले प्रतियोगितालाई रोमान्चक रुपमा हेरिएको छ ।

विच भलिवल प्रतियोगिताको बारेमा तथा सिंगो नगर भलिवल विकासका बारेमा थाहा नगरपालिकाका जनप्रतिनिधि, स्थानिय दलका नेता तथा सम्बन्धित खेलाडिहरुबिच अन्तरकृया कार्यक्रमको आयोजना गरेको हो ।

समन्वय संस्थाका अध्यक्ष वसन्त गोपालीको सभाध्यक्षमा थाहा नगरपालिका शिखरकोटमा भएको कार्यक्रममा प्रमूख अतिथि रहेका नगरपालिकाका उपप्रमूख भरत गोपाली, नगर खेलकुद विकास संयोजक तथा वडा नं. १२ का वडा अध्यक्ष टिकाराम स्याङ्दान, वडा नं. २ का वडा अध्यक्ष बमबहादुर सिन्तान, वडा नं. ४ का अध्यक्ष नारायण बहादुर लामा, खेलकुद विकास समिति थाहा नगरका पूर्व संयोजक राजेश केसी लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*