राक्सिराङ्गमा कृषि हाटबजार शुरु
राक्सिराङ्ग – पश्चिम मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा स्थानीय उत्पादनको प्रबद्र्धन र बजारीकरण गर्ने उद्देश्यले राक्सिराङ्ग कृषि हाटबजार शुरु भएको छ । अविरल बर्षा, सडक बाटोको समस्या र ठुला चाडबाडको कारण रोकिएको हाटबजार आज मंगलबार बाट पुनः सञ्चालनमा आएको हो । स्थानीय परम्परागत उत्पादनहरु गहत, मास, फापर, कोदोको पिठो, आलु, पिँडालु,सालको पातको दुना, फलामे औजारहरु, स्थानीय परिकार गिट्ठा, भ्याकुर, पिँडालु, तरुल, सिस्नु, लगायत लोकल कुखुरा, बंगुरको मासु, ताजा तरकारी, स्थानीय स्तरमा उत्पादित मौरी, चिउरीको मह लगायतका दर्जनौ स्टलहरु हाटबजारमा रहेको थियो । प्रत्ेक महिनाको १ र १५ गते स्थानीय उत्पादन प्रवद्र्धन गर्न हाटबजार शुरु गरिएको पालिकाले जनाएको छ ।
हिजोबाट पुनः शुरु भएको कृषि हाटबजारमा राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षता जिसस समन्वय समितिका प्रमुख ललित घलान, ललित घलान, प्रदेशका पुर्व राज्यमन्त्री सन्त चेपाङ्ग, साल्ट ट्रेडिङ्गका मधुसुधन अधिकारी, अग्नी होत्र आश्रमको प्रमुख डा. सिताराम खनाल, अगुवा कृषक राम बहादुर बस्नेत, गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत सन्देश मास्के, लगायत वडाको जनप्रतिनिधिहरु, स्थानीय राजनैतिक दलका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । कृषि हाट बजारमा साँस्कृतिक तर्फ तामाङ्ग, चेपाङ्ग, नेवारी लगायतको नृत्य प्रदर्शनको प्रस्तुति रहेको थियो ।












