कार्तिक १५ बाट मनोविज्ञानमा आधारित चलचित्र "बादशाह जुट" प्रर्दशनमा आउने

नेपाली चलचित्र बादशाह जुटको प्रदर्शन आउँदो कार्तिक १५ गतेबाट हुने भएको छ । कार्तिक १५ गते देशभर प्रदर्शनको तयारीमा रहेको सो चलचित्र प्रचारप्रसारको क्रममा निर्माण र कलाकारको टोली हेटौंडा आइपुगेका छन् । टोलीले आज हेटौंडामा चलचित्र पत्रकार संघ मकवानपुरको संयोजनमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
करिब ३ करोड ७५ लाखमा निर्माण गरिएको सो चलचित्रका निर्माता हर्क कुँवरले जानकारी दिएका छन् । चलचित्रलाई उत्कृष्ट बनाउन सबै पक्षले राम्रो संयोजन गरेको बताईएको छ । चलचित्रका नायकका रुपमा हेटौंडाका अमीर गौतम, सुशिल श्रेष्ठ, केइशा राउत र रश्मि पाण्डेको प्रमुख भूमिका रहेको जनाईएको छ । जोनी सिंह राणाको कथा, निर्देशन रहेको चलचित्रमा उत्तम हुमागाईको छायाकंन, राजकुमार उप्रेतीको द्धन्द, त्रिक्रम स्वाँरको नृत्य र मोहित मुनालको संगीत रहेको छ । पत्रकार सम्मेलन संघका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको थियो ।











