कोरोना भाइरसको संक्रमणका कारण इटलीका ओलम्पिक धावकको मृत्यु
कोरोना भाइरसको कारण इटलीका धावक डोनाटो साबियाको मृत्यु भएको छ । दुई पटक ओलम्पिक दौडमा प्रतिस्पर्धा गरेका साबियाको मृत्यु भएको हो ।
इटालियन ओलम्पिक कमिटी (सिओएनआई) ले ५६ वर्षीय साबियाको मृत्यु भएको पुष्टि गरेको छ । सिएएनआईले जारी गरेको स्टेटमेन्ट अनुसार साबियाले दुई पटक ओलम्पिकमा ८०० मिटर दौडेका थिए ।
केही दिन देखि साबिया इटलीको दक्षिण क्षेत्रको पोटेनजास्थित सान कार्लो हस्पिटल आईसियूमा उपचाररत थिए ।
उनले सन् १९९४ मा लस एन्जलमा भएको ओलम्पिकमा ८०० मिटर दौडमा पाँचौ स्थान हात पारेका थिए । यस्तै चार वर्षपछि सिउल ओलम्पिका त्यही विधामा सातौँ भएका थिए । साबियाले सन् १९८४ मा भएको युरोपियन इन्डोर च्याम्पियनसिपमा ८०० मिटर स्पर्धामै गोल्ड मेडल जितेका थिए ।
सिओएनआईका अनुसार कोरोना भाइरका कारण मृत्यु हुने साबिया पहिलो ओलम्पियन हुन् ।











