ब्राजिलियन फुटबलर रोनाल्डिन्होलाई होटलमै सजाय

हेटौडा न्युज
२८ चैत्र २०७६, शुक्रबार १४:५१
;

ब्राजिलियन फुटबलर रोनाल्डिन्हो महिना दिन भन्दा लामो जेल बसाईबाट हालै रिहा भएका थिए । पाराग्वेमा पक्राउ परेका उनलाई होटलमै सजाय काट्ने गरि मात्र रिहा गरिएको हो । फर्जी पासपोर्टका कारण उनी र उनको एजेन्ट समेत रहेका दाईसहित पक्राउ परेका थिए ।

रोनाल्डिन्होका दाजुभाईले ३२ दिन जेलमा बिताएका थिए । वकिलले उनीहरुलाई १६ लाख युरो धरौटीमा उनीहरुलाई छुटाएका हुन् ।

१९ औं शताब्दीमा निर्माण गरिएको होटलमा कोभिड १९ का कारण उनीहरुलाई छुटमा होटलले सुविधा उपलब्ध गराइएरहेको छ । प्रेसिडेन्टल सुइटका लागि उनीहरुले एक रातको ८७ पाउन्ड तिर्नुपर्नेछ । गत महिना रोनाल्डिन्होलाई पाराग्वेका पूर्व खेलाडी निल्सन क्युभासले भेटपछि उनी कठिन अवस्थामा संघर्ष गरिरहेका बताएका थिए ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*