दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता
चैत्र ११ । मकवानपुरमा सञ्चालित दोस्रो भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको आज सोमबार भएको खेलमा फ्रेण्डस क्लब काठमाडौंलाई ३–० गोल अन्तरले हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
पुलिसको तर्फबाट भरत शाहले मात्रै ३ गोल गरी ह्याट्रिक गरे थिए । उनले खेलको १२ औं मिनेटमा, ४२ औं मिनेटमा र ४३ औं मिनेटमा पुलिसका लागि गोल गरेका थिए । आजको खेलको म्यान अफ दी म्याच समेत भरत शाह नै भएका थिए । अब फाइनल प्रवेशका लागि पुलिसले घरेलु टोलि मकवानपुर–११ सँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको भोलि मंगलबारको खेल थ्रीस्टार क्लब र सरस्वती क्लबका बीच हुनेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेता र उपविजेताले क्रमश नगद ८ लाख रुपियाँ र ४ लाख रुपियाँ प्राप्त गर्नेछन् ।