जिससको समीक्षा बैठक भाद्र १२ गते हुने

जिल्ला समन्वय समिति मकवानपुरको जिल्ला समीक्षा बैठक आउँदो भाद्र १२ गते आयोजना गर्ने भएको छ । बुधबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको जिससको बोर्ड बैठकले सो दिन समीक्षा बैठक आयोजना गर्ने निर्णय गरेको हो ।
समीक्षा बैठकमा जिल्लाका १० वटै स्थानीय तहहरुले आफूले एक वर्ष भित्र गरेका कार्यक्रमहरुका बारेमा प्रस्तुति गर्ने जनाईएको छ । त्यसैगरी मकवानपुरमा रहेका गैरसरकारी संस्था र विभिन्न सहकारीहरुले पनि समीक्षा बैठकमा प्रतिवेदन पेश गर्ने जनाईएको छ । हिजोको बैठकले सम्पन्न चौथो जिल्ला सभामा सफल बनाउन भूमिका खेल्ने सबैमा धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।