नेपाली कांग्रेस मकवानपुरको चियापान तथा शुभकामना कार्यक्रम सम्पन्न

हेटौडा न्युज
२६ आश्विन २०७६, आईतवार १७:५४
;

नेपाली कांग्रेस मकवानपुरले आज कोजाग्रत पूर्णिमाको दिन दशैं, तिहार, छठ तथा नेपाल सम्बत ११४० को अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । पञ्चायती व्यवस्थाको विरुद्धमा आन्दोलन गरिरहेको अवस्थामा २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि विश्वेश्वरप्रसाद कोईरालाले २०३४ सालबाट बडादशैंको हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै आएको परम्परालाई निरन्तरता दिदै आएको छ । 
शुभकामना कार्यक्रममा ३ नम्बर प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ, प्रतिनिधिसभा सदस्य विरोध खतिवडा, नेपाली कांग्रेस मकवानपुरका सभापति एवं प्रदेश ३ का प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँ, प्रदेश सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्यहरु प्रेमबहादुर पुलामी छिन्तु, कुमारी मुक्तान, सन्तबहादुर चेपाङ, जुनेली श्रेष्ठ, ओम घलान, राप्रपा नेपाल मकवानपुरका अध्यक्ष मधु अधिकारी, संविधानसभा सदस्य एवं मकवानपुर बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष अनन्त पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिनाकुमारी लामा, नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशका अध्यक्ष प्रताप विष्ट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुँमागाईलगायत पार्टीका जिल्ला नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति एवं प्रदेश ३ का प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले सबै उपस्थितहरुमा शुभकामना दिए पश्चात कार्यक्रमका अतिथिहरु चियापान कार्यक्रममा सरिक भएका थिए । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*