प्रदेश प्रमुख प्रसाईद्वारा पदभार ग्रहण

प्रदेश ३ का प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले आफ्नो आजबाट कार्यभार ग्रहण गरेका छन् । आज दिउँसो प्रदेश प्रमुख प्रसाईले प्रदेश प्रमुखको कार्यालय, हेटौंडामा आफ्नो कार्यभार ग्रहण गरेका हुन् ।
कार्यभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईले सबै दल, सामाजिक क्षेत्रको सल्लाह बमोजिम कार्य गर्ने बताएका छन् । सञ्चारकर्मीहरुले गरेको एक प्रश्नमा प्रदेश प्रमुख प्रसाईले संविधानतः व्यवस्था भएको भूमिका नै आफ्नो पहिलो कर्तव्य हुने बताएका छन् ।
प्रदेश प्रमुख प्रसाईलाई प्रदेश ३ का मन्त्रीहरु शालिकराम जमरकट्टेल, कैलाश ढुङ्गेल, युवराज दुलाल, प्रदेश प्रहरी प्रमुख शेरबहादुर बस्नेत, जिल्ला प्रहरी प्रमुख मुकेशकुमार सिंह, विभिन्न मन्त्रालयका प्रशासनिक प्रमुख लगायतले स्वागत गरेका थिए ।