आन्दोलनरत विद्यार्थीले भारतको नयाँ नक्सा जलाए, नक्सा फेरबदल नगरिएको भारतको दाबी

हेटौडा न्युज
२२ कार्तिक २०७६, शुक्रबार १८:३७
;

नेपाली विद्यार्थीहरुले नेपालको नालापानी, लिपुलेकलाई भारतले आफ्ना क्षेत्रभित्र पारेर सार्वजनिक गरेको नक्सा जलाएका छन् ।काठमाडौं लैनचौर भारतीय दूतावास नजिक नेविसंघ सहितका संयुक्त विद्यार्थीले  आज बिहानै चाबहिलमा विरोध जुलुस निकाल्दै भारतको ववादित नक्सा जलाएका हुन् । नेपाली भूमि लिपुलेक हालै सार्वजनिक गरेको नयाँ भारतीय राजनीतिक नक्सामा भारतीय क्षेत्रभित्र देखिन्छ । केही दिनयता नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तामा हस्तक्षेप गरेको भन्दै नेपालभर भारतको विरोध हुँदै आएको छ । लिपुलेक नेपालकै भूमि भन्दै नेपाल सरकार र राजनीतिक दलका नेताहरुले समेत भारतको विवादित नक्सा सच्याउन माग गर्दै आएका छन् । भारतले भने नयाँ नक्सामा कुनै फेरबदल नगरिएको दाबी गर्दै आएको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*