भारतीय हस्तक्षेप विरुद्ध नेविसंघको प्रदर्शन
देशैभर भारतीय हस्तक्षेप विरुद्ध प्रदर्शन भइ रहेको बेला हेटौंडामा पनि प्रदर्शन भइरहेको छ । आज सोमबार नेपाल विद्यार्थी संघ मकवानपुरले हेटौँडामा सो हस्तक्षेप विरुद्ध विरोध प्रर्दशन गरेको हो ।
भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भुमि कालापानी लिपुलेक लगायतका भु–भाग भारततर्फ पारे भन्दै विरोधमा नेविसंघ मकवानपुरले विरोध प्रर्दशन गरेको हो ।
विद्यार्थीहरुले मकवानपुर बहुमुखी क्याम्पस, हेटौँडा क्याम्पस र बन विज्ञान अध्ययन संस्थानबाट छुट्टाछुट्टै र्याली सहित “कालापानी हाम्रो हो”, “गो ब्याक इन्डिया”, “भारतीय विस्तारवाद मुर्दावाद” जस्ता नारा लगाउदै भारतविरुद्ध नारावाजी सहित हेटौंडा बजार परिक्रमा गरी बुद्धचोकमा पुगी कोणसभामा परिणत भएको थियो ।