कास्की क्षेत्र नं. २ को विभिन्न मदतानस्थलमा बम विस्फोट

हेटौडा न्युज
१४ मंसिर २०७६, शनिबार १९:३९
;

कास्की क्षेत्र नं. २ को विभिन्न मदतानस्थलमा बम विस्फोट भएको छ । पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालय नजिकै बिहान, पोखरा-३३ भरतपोखरीस्थित शान्ति उदय मावि, पोखरा-१६ कै शान्ति माविको मतदान स्थल नजिक र पोखरा महानगरपालिका-१६ को दीप चण्डिका मतदानस्थल नजिकै दिउँसो बम विस्फोट भएको हो । 

""
नवप्रभात माध्यमिक विद्यालयको मतदान केन्दैमा मतदान भइरहेका बेला कसैले माथिबाट बम फालेको विस्फोट गराएको थियो । 
हाल सम्म बम विस्फोट भए पनि कुनै मानवीय क्षति नभएको बताइएको छ ।

उपचुनावको तयारी सुरू भएयता पोखरामा अज्ञान समूहले निरन्तर बम विस्फोट गराइरहेको छ । यसअघि उम्मेदवारी दर्ताको दिन निर्वाचन कार्यालय नजिक, नेकपाको चुनावी सभा नजिकै र एक वडाध्यक्षको घरमा पनि विस्फोट भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*