कराँतेको पुरुष कुमुतेमा नेपाललाई तामाङले स्वर्ण दिलाए 

हेटौडा न्युज
१६ मंसिर २०७६, सोमबार २०:४८
;

दशरथ रंगशालामा भइरहेको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा कराँतेको पुरुष कुमुते (फाइट) मा नेपालका लक्ष्मण तामाङले स्वर्ण पदक जितेका छन् ।

५५ केजी तौल समूहमा लक्ष्मणले सेमिफाइनलमा श्रीलंकाका वार्नाकुला सूर्यलाई र फाइनलमा बंगलादेशका मोहम्मद मस्तोफालाई १(० ले पराजित गरेका हुन् । लक्ष्मणले स्वर्ण जितेसँगै नेपालले सागमा जितेको स्वर्णको संख्या ७ पुगेको छ ।

यस अघि नेपालले करातेको महिला टिमको कातातर्फ फाइनलमा पाकिस्तानलाई पराजित गर्दै स्वर्ण, मन्डेकाजी श्रेष्ठले पुरुष एकल कातामा  दोहोरो स्वर्ण, तेक्वान्दो पुम्सेतर्फ भएको १७ देखि २३ वर्ष उमेर समुहको खेलमा सिना लिम्बु मादेनल स्वर्ण, तेक्‍वान्दोमा कमल श्रेष्‍ठ र ट्रायथलनमा सोनी गुरुङले स्वर्ण जिति सकेको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*