दक्षिण एसियाली खेलकुद प्रतियोगिताको आज चौंथो दिन १६ खेलमा प्रतिस्पर्धा हुँदै

हेटौडा न्युज
१८ मंसिर २०७६, बुधबार १४:५०
;

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आज चौंथो दिन विभिन्न १६ खेलमा प्रतिस्पर्धा हुँदैछ । प्रतिस्पर्धा काठमाडौं र पोखरामा हुनेछ । 

आज एथ्लेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो,ट्रायथोलन, टेनिस, कब्बडी , ह्यान्डबल र उसु खेलमा प्रतिस्पर्धा हुनेछन् ।

जसमध्ये पोखरामा ब्याडमिन्टन, महिला क्रिकेट, ट्रायथलन र ह्यान्डबल हुनेछ भने अन्य खेल काठमाडौंमा हुनेछ । नेपालले साँझ ५ बजे पुरुष फुटबलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । महिला क्रिकेटतर्फ नेपालले बंगलादेशसँग पोखरा रंगशालामा बिहान १० बजे खेल्नेछ । यसैगरी करातेमा नेपालले ४ स्वर्ण, उसुमा दुई स्वर्णको लागि प्रतिस्पर्धा गर्नेछ । 

नेपालले भारतसँग महिलातफर्को खो खोको उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*