पर्यटन वर्ष २०२० सफल बनाउन मन्त्री भट्टराईको राजदूतसंग छलफल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन वर्ष २०२० लाई सफल बनाउन सबै देशका राजदूतहरुसंग छलफल गरेका छन् ।
मन्त्रि भट्टराईले बुधबार सबै देशका राजदूतहरुलाई मन्त्रालयमा बोलाई भ्रमण वर्ष २०२० लाई सफल बनाउन सहयोग गर्न समेत आग्रह गरेका हुन् । उनले आफ्नो मुलुकका नागरिकहरुलाई नेपाल भ्रमण गर्न सुरक्षित रहेको जानकारी दिन आग्रह गरे ।
त्यस्तै पर्यटकहरुको सुरक्षा र गुणस्तरिय सेवाका लागि सरकार आफैले व्यवस्था गर्ने बताउँदै ढुक्क भएर नेपाल भ्रमण गर्न सकिने वातावरण बनेको जानकारी समेत दिए । सरकारले आगामी जनवरी १ मा राजधानी सहित सबै प्रदेशमा र जनवरी ७ मा विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुमा पनि पर्यटन वर्ष २०२० को भव्य उदघाटन गरिने कार्यक्रम रहेको जानकारी समेत मन्त्री भट्टराईले दिए ।