सागमा पुरुष क्रिकेटतफ भुटानविरुद्ध नेपालका मल्ल र खड्काको अर्धशतक 

हेटौडा न्युज
१९ मंसिर २०७६, बिहीबार १६:०६
;

नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष क्रिकेटतर्फको दोस्रो खेलमा भुटानविरुद्ध नेपालका ज्ञानेन्द्र मल्ल र पारस खड्काले अर्धशतक पूरा गरेका छन् ।

त्रिवि मैदान कीर्तिपुरमा भइरहेको खेलमा पूर्व कप्तान खड्काले एक छक्का र नौ चौका सहित २८ बलमा ५७ रन जोडेका छन् भने कप्तान मल्लले पाँच छक्का र चार चौका प्रहार गर्दै ३२ बलमा ६० जोडीसकेका छन् ।  

खड्कालाई जे सिंगेले क्याच आउट गरे । रोहित पौडेलले ६ बलमा ६ रन जोडेर आउट भएका छन् । ११ ओभर सकिदा नेपालले तीन दुई विकेटको क्षतिमा १३९ रन जोडेको छ । 

यसमा तपाइको मत

Your email address will not be published.


*