भुटान सामू नेपालको २३६ रनको विशाल लक्ष्य

हेटौडा न्युज
१९ मंसिर २०७६, बिहीबार १७:२८
;

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत नेपाल र भुटानबीच जारी क्रिकेट म्याचमा नेपालले पहिलो इनिङमा भुटान सामू विशाल २३६ रनको विशाल स्कोर खडा गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३६ रन बनाएको छ ।  नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले  ९ छक्का र ५ चौका सहित ५५ बलमा १०७ रन बनाए ।

नेपालका  टि-२० मा शतक प्रहार गर्ने मल्ल दोस्रा खेलाडी हुन् । यसअघि पारस खड्काले शतक प्रहार गरेका थिए । खड्काले २८ बलमा ९ चौका र १ छक्काको मद्दतले ५७ रन भने दीपेन्द्रसिंह ऐरीले २७ बलमा ४५ रन बनाए ।

यो नेपालको टी-२० मा बनाएको अहिलेसम्मकै उच्च स्कोर हो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*