भुटानमाथि नेपालको शानदार जित भुटान १ सय ४१ रनले पराजित 

हेटौडा न्युज
१९ मंसिर २०७६, बिहीबार २१:१६
;

नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा भुटानलाई १ सय ४१ रनले पराजित गर्दै नेपालले शानदार जित हात पारेको छ ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा २ सय ३७ रनको लक्ष्य पछ्याएको भुटानले ६ विकेट गुमाएर ९५ रन मात्र बनाउन सफल भयो । खेलमा भुटानका मिक्यो दोर्जीले सर्वा्धिक २७ रन बनाए, त्यस्तै सोनाम तोब्गेयले १५, तोब्डेन सिन्गेले ११ रन बनाए । 

नेपालका पारस खड्काले २ तथा करन केसी, ललित राजबंशी र पवन सर्राफले समान १र१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३७ रन बनायो ।

नेपालको विशाल योगफलमा कप्तान ज्ञानेन्द्र मल्लले शतकीय इनिङ्स खेले । ५५ बलको सामना गरेका मल्लले ९ छक्का र ५ चौकाको मद्दतले १ सय ७ रन बनाए ।

यस्तै भुटानविरुद्ध पारसले ५७ रनको अर्धशतकीय इनिङ्स खेल्दा उप कप्तान दिपेन्द्र सिंह ऐरीले अविजित ४५ रन बनाए ।  अब नेपालले माल्दिभ्सको र बंगलादेशसँग खेल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*