महिला टि–२० क्रिकेटको उपाधि बंगलादेशलाई

हेटौडा न्युज
२२ मंसिर २०७६, आईतवार २१:११
;

नेपालमा जारी १३ औं दषिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला टि–२० क्रिकेटको उपाधि बंगलादेशले कब्जा गरेको छ । बंगलादेशले  श्रीलंकालाई २ रनले हराउदै जित सुनिश्चित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेश निर्धािरत २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रन मात्र बनाउन सफल भएको थियो । बंगलादेशका लागि निगर सुल्तानाले २८ बलमा २९ रन बनाइन् भने श्रीलंकाकी बलर उमेशा थिमासिनीले चार विकेट लिइन् ।

९२ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ८९ रन मात्र बनाउदै अलआउट हुदाँ नतिजा बंगलादेशले कब्जा गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*