महिला फुटबलमा नेपाल भारतसँग पराजित, प्रशिक्षक खड्काले दिए राजीनामा, फुटबलर थापाको सन्यास घोषणा
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ । आज पोखरा रंगशालामा भएको फाइनल खेलमामा भारतले नेपाललाई २–० गोल अन्तरले हराएको हो ।
यो हार संगै भारतले स्वर्ण जितेको छ । सागमा महिला फुटबलको तीन वटै संकरणको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित हुँदै आएको छ ।
साग महिला फुटबलको फाइनलमा भारतसँग २–० ले पराजित भएसँगै नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामाको घोषणा गरेका छन् ।
पोखरामा भएको फाइनल हारसँगै नेपालले तेस्रो पटक रजतमा चित्त बुझाउनु परेको छ । स्वर्ण जित्ने लक्ष्य थियो यो पुरा गर्न नसक्दा नैतिकताका आधारमा मुख्य प्रशिक्षकबाट राजीनामा दिएको खड्काको भनाइ रहेको छ ।
उता फुटबलर निरु थापाले पनि अन्तर्रा्ष्ट्रिय प्रतियोगिताबाट सन्यासको घोषणा गरेकी छन् भने नेपाली महिला फुटबल टिमकी सदस्य मनमाया लिम्बुले पनि सन्यास घोषणा गरेकी छन् ।