पुरुष फुटबलतर्फ नेपाललाई स्वर्ण, हेटौंडाका सुनिल बलको हेड गोल नै निर्नायक
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । आज भएको साग फुटबलमा नेपालले भुटानलाई २–१ गोल अन्तरले हराए पछि स्वर्ण पदक जित्न सफल भएको हो ।
नेपालको यो लगातार दोस्रो पटक उपाधि हो । भने यो संगै नेपाल चौथो पटक साग च्याम्पियन बनेको छ । दशरथ रंगशालामा भएको खेलमा १७ औं मिनेटमा नेपालका अभिषेक रिजालको गोलबाट नेपालले अग्रता लिएको थियो ।
तर ३७ औं मिनेटमा भुटानका चेन्चो ग्याल्सेनले गोल गरे पछि खेल अझ प्रतिस्पधात्मक हुन पुग्यो । खेलको दोस्रो हाफमा नेपालका सुनिल बलको उत्कृष्ट हेड गोल गरे पछि नेपालले अग्रता लियो । बाँकी समयमा खेलमा कुनै पनि गोल हुन सकेन र बलको गोल नै निर्नायक बन्यो ।
जितसँगै नेपालले सागमा ५१ वटा स्वर्ण जितेको छ ।