निर्मला पन्तको बिषयमा आधारित चलचित्र ‘कोपिला’को ट्रेलर सार्वजनिक

हेटौडा न्युज
४ पुष २०७६, शुक्रबार २१:३९
;

बलत्कारपछि भएको हत्या गरीएकी कन्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बिषयमा आधारित भएर निर्माण गरीएको नेपाली चलचित्र ‘कोपिला’को ट्रेलर सार्वजनिक भएको छ ।

ओएसआर डिजिटलको अफिसियल युटयुब च्यानल मार्फत आज शुक्रबार चलचित्रको ट्रेलर सार्बजनिक गराएको हो । समयसामयिक सामाजिक कथा बस्तु बोकेको कोपिला चलचित्रमा निर्मलालाई कापिला पात्र बनाईएको छ ।

""

सरकारले लामो समयसम्म पनि कोपिलाको बलत्कार पछि भएको हत्याको घटनाको वास्तविकक्ता र हत्यारालाई पक्राउ गर्न नसकेको कारण उत्पन्न परिस्थीति चलचित्रमा देखाईएको छ । चलचित्रमा पत्रकार,मानब अधिकारकर्मी,राजनितिक पार्टीले बिभिन्न बहानामा कोपिलाको लासमाथि भइरहेको राजनितिलाई देखाईएको छ ।

""

शिवम अधिकारीको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा सरिता गिरी, गणेश गिरी र सन्जिवनी खरेलको मुख्य भुमिका रहेको छ । गणेश गिरिको प्रस्तुती रहेको चलचित्रलाई संचारकर्मी मणिराज गौतमले निर्माण गरेका हुन ।

""

चलचित्रमा रामेश्वर कार्कीको छाँयाकन, समिर मियाको सम्पादन र दिपक शर्माको संगीत रहेको छ । ८० लाखको लगानीमा निर्माण भएको यो चलचित्रको सेन्सर समेत पास भैसकेको निर्देशक अधिकारीले बताएका छन् ।

बलत्कारपछि हत्या भएकी बालिका निर्मला पन्तको कथासंग चलचित्रको कथा रहेकाले निर्मलाको परिबारसंग लिखित अनुमती लिएर चलचित्र बनाईएको निर्देशक अधिकारीले बताएका छन् । 

Kopila – New Nepali Movie Official Trailer || Sarita Giri, Ganesh Giri

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*