काठमाडौं म्याराथनमा कान्छिमायाको ह्याट्रिक, पुरुषतर्फको उपाधि नरेन्द्रलाई

हेटौडा न्युज
५ पुष २०७६, शनिबार १९:४८
;

काठमाडौं म्याराथनमा महिलातर्फको म्याराथोनमा सशस्त्र प्रहरी क्लबकी कान्छीमाया कोजुले उपाधि जित्दै ह्याट्रिक गरेकी छिन् ।

आज(शनिबार) त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भएको प्रतियोगितामा कोजुले निर्धारीत दुरी २ घण्टा ५७ मिनेट २७ सेकेण्डमा पुरा गर्दै उपाधि जितेकी हुन् । यो सँगै कान्छीमायाले काठमाडौं म्याराथनमा लगातार तेस्रो पटक उपाधि जितेकी हुन् भने समग्रमा उनको यो पाँचौ उपाधि हो । महिलातर्फ आर्मीकी सरिता बासी दोस्रो भईन् ।

यता पुरुषतर्फको प्रतियोगितामा त्रभुवन आर्मी क्लबका नरेन्द्र रावलले उपाधि जितेका छन् । रावलले आर्मी क्लबकै बेद बहादुर सुनारलाई हराउदै रावलले उपाधि जितेका हुन् । रावलले निर्धारीत दुरी २ घण्टा ३३ मिनेट १० सेकेण्डमा पुरा गरका थिए । प्रो स्पोर्टस प्रालिले आयोजना गरेको म्याराथनमा विजेताले ५० हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*